काठमाडौं- एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको २०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।पोखरा रंगशालामा एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत जिते । कास्य जितेका आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समय निकाले । महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत हात पारिन् । पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेकी छिन् ।
Facebook Comments Box