काठमाडौँ – यस वर्ष साउन यता डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म सङ्क्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।
डेंगी सङ्क्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकूल वातावरणमा आठ महिनासम्म जीवित रहन सक्ने र फेरि लामखुट्टेको रूपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरूको भनाइ छ ।
Facebook Comments Box