काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरू मिलेर अलोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिँदै संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पारे ।
Facebook Comments Box