काठमाडौं – मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो ।
अख्तियारको टोलीले उनलाई घुस रकम लिइरहेको अवस्थामा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी ९पाँचौ तह० होमनाथ खतिवडालाई नियन्त्रणमा लिएको बताएको छ।
मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग रु.५ हजार दिनुपर्छ भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
Facebook Comments Box