दार्चुला – जिल्ला प्रदेश सभा क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिह धामी, नेकपा एमालेबाट हरदेव जोशी र स्वतन्त्रमा नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी उम्मेदवार रहेसंगै चुनावी प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ ।
मुख्य प्रतिस्पर्धी तिनैजना अहिले घरदैलो एवं प्रचारप्रसारमा रहेका छन् भने अन्य साना दुई दलका उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् । प्रदेश सभा क्षेत्र नं, १ मा मुख्यगरी नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामीले स्वतन्त्र उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बनेसंगै जिल्लाबासीको ध्यान केन्द्रित गरेको छ ।
५ दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विक्रमसिह धामी प्रचारप्रसारको क्रममा आफु चुनाव जित्ने दावी गरिरहेका छन् । नेपाली कांग्रेस संगै नेकपा माओवादी केन्द्रको मत पनि आफैमा पर्ने हुँदा आफु चुनाव जित्ने नेता धामीले दावी गरीरहेका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार हरदेव जोशीले चुनाव जित्ने एमाले नेताहरु दावी गरिरहेका छन् । स्थानिय तहको निर्वाचनमा पनि गठबन्धन भएकै थियो तर गठबन्धनलाई मतदाताले झापड दिएकोले एमालेका उम्मेदवार विजयी हुने दावी गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष एवं सिमाक्षेत्र लगायत सवै विषयमा दख्खलता राख्दै प्रदेश सभा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार रहेका शंकरसिह धामी भने आफ्नो जित सुनिश्च रहेको दावी गरेका छन् । राजनितिक दलबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई नेताहरुको मात्रै आर्शिवाद र समर्थन छ भने आफुलाई मतदाता र जनताको पुर्ण समर्थन संगै आर्शिवाद दिइरहेकोले आफ्नो जित सुनिश्चत रहेको स्वतन्त्र उम्मेदवार एवं नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष धामीले दावी गरेका छन् ।
गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता विक्रमसिह धामीले आफ्नो मत आफैमा पनि हाल्न नपाउने र नेकपा एमालेका उम्मेदवार जोशीलाई नेताहरुको मात्रै आर्शिवाद रहेकोले चुनाव जित्ने कुनै आधार नरहेको स्वतन्त्र उम्मेदवार धामीको धारणा रहेको छ ।
प्रदेश सभा क्षेत्र नम्बर १ का जनताहरु पनि राजनितिक दलबाट बनेका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिईरहेका छन् । दलका उम्मेदवारहरुले सधै ठगेर मात्रै मत माग्ने काम गरेकोले यसपालीको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्ने अधिकांश जनताले आवाज उठाईरहेको दुहुँ गाउँपालिका घर भएका नाम नबताउने एक नेताले जानकारी दिए ।
विभिन्न पार्टीमा आबद्ध रहेका व्यक्ति पनि स्वतन्त्र उम्मेदवारको पक्षमा चुनावी माहौल सृजना गर्ने कार्य भइरहेको उहाँले बताए । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई जिताउने लक्ष्य सहित अधिकांश मतदाताहरु आफै सम्र्पकमा जिल्ला सदरमुकाममा रहेको प्रचार प्रसार सम्पर्क कार्यालयबाट प्रचार सामाग्री लगेर घरदैलो गरिरहेको स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔ अभियानका सदस्य महेशराज भट्टले जानकारी दिए ।