काठमाडौं – प्रहरीले तिहारको समयमा काठमाडौभित्र बेला जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको बताए।
पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। अरुलाई कार्यालय समय खुलेपछि मात्रै मुद्दा दर्ता गर्ने एसपी मैनालीले बताए।
प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।
Facebook Comments Box