दार्चुला – सर्पको टोकाईबाट एक बालिका घाइते भएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं १ मेलखेतका वर्ष १९ का संगिता सामन्त सर्पको टोकाइबाट घाइते भएका हुन । सोमबार बिहान घर नजिकै खर गाज्यो काट्न गए सामन्तलाई सर्पले टोकेपछि घाइते भएको स्थानीय विर सिह सामन्तले जानकारी दिए ।
सोमबार विहान सर्पले टोकेर घाइते भएका उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका इमरजेन्सी फाटका इन्चार्ज डम्मर दत्त भट्टका अनुसार घाइते बालिकाको खुट्टामा सर्पले टोकेको तथा अहिले इमरजेन्सीमा राखेर उपचार भइरहेको बताएका छन ।घाइते सामन्तको अवस्था सामान्य रहेको बताइएको छ ।
सर्पले टोकेपछि विरामीलाई ४८ घण्टा सम्म अस्पतालमा राख्नु पर्ने भएकाले सामन्तलाई भोली रगत जाच गरेर मात्रै डिस्चार्ज गरिने जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।सर्पको टोकाइबाट विशेषगरी गाउँका महिला, तथा किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ। दार्चुलाका ग्रामीण क्षेत्रमा महिलाहरु यतिबेला खरगाज्यो काट्नमा व्यस्त रहेका छन ।