काठमाडौं – महोत्तरीको भंगहा–८ पडरियामा दुई समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् ।
बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडप पछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।
Facebook Comments Box