काठमाडौं- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा धक्का महसुश गरिएको हो।
९ बजेर २७ मिनेटमा गएको भूकम्प के–कती म्याग्नीच्युट वा रेक्टर स्केलको हो भनी जानकारी नआएको र क्षतिको विवरण पनि आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस बारे भूकम्प मापन केन्द्रमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन।
Facebook Comments Box