काठमाडौँ – नेपाल वायुसेवा निगमले यात्रुहरूलाई गन्तव्यमा पुर्याउन नसकेकोमा माफी मागेको छ । निगमको आइतबारको काठमाडौँ(दिल्ली(काठमाडौँको उडान नम्बर आरए-२१७-२१८ र सोमबार उडान नम्बर आरए २०५-२०६ को उडान रद्द हुँदा यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका थिए ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै विशेष कारणले उडान रद्द हुँदा यात्रुलाई असुविधा भएको भन्दै क्षमा मागेको हो । साथै निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिबद्धता जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने समेत उल्लेख गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले तोकेको नयाँ उडान तालिका अनुसार उडान सञ्चालन नगरेको भन्दै वायुसेवा निगमको आइतबार र सोमबारको काठमाडौँ(दिल्ली(काठमाडौँ उडान रद्द गरेको थियो ।
Facebook Comments Box