काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box