धनगढी – कञ्चनपुरमा बहुविवाह सम्बन्धी मुद्दामा डेढ वर्ष कैद फैसला भई फरार रहेका युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार विवाह सम्बन्धी कसुर मुद्दामा फरार रहेका वेदकोट नगरपालिका-४ बैतडा बस्ने अन्दाजी २७ वर्षीय सुरेश लुहार पक्राउ परेका हुन्।
उनलाई २०७७ माघ २९ गतेको फैसलाले १ वर्ष ५ महिना २९ दिन कैद सजाय सुनाएको थियो। लुहारलाई बुधबार आफ्नै घर ठेगाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनलाई कञ्चनपुर जिल्ला अदालत पेस गरी अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।
Facebook Comments Box