जनकपुरधाम – चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक धनुषाबाट पक्राउ परेका छन् ।
धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो ।
चौधरीले सेवाग्राहीसंग चार हजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।
Facebook Comments Box