काठमाडौं – चर्चित व्यापारी दुर्गा प्रसाईंलाई पक्राउ गर्न माग गर्दै उजुरी परेको छ । प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै उजुरी परेको हो ।
प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका छन् ।
व्यवसायी प्रसाईंले झापामा रहेको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको आरोप लागेको छ। नक्कली धनीपूर्जाका आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका बताइएको छ।
Facebook Comments Box