काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूमि एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमि मिचिएको भए फिर्ता ल्याउने बताए ।
“राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,” ओलीले भने, “मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।”
ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो ।
उनले दार्चुलामा प्रतिनिधिसभाका उम्मेदवार गणेश ठगुन्नासहित प्रदेशसभाका उम्मेदवारलाई निर्वाचित गर्न आह्वान पनि गरेका छन् ।
Facebook Comments Box