काठमाडौँ – आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ ।
आवेदन फेरि कहिलेबाट खुल्ने भन्ने सम्बन्धमा पछि सूचना जारी गरिने विभागको भनाइ छ। ‘आवेदन लिइने अनलाइन प्रणाली मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहनेछ’ विभागले सूचनामा भनेको छ। अनलाइन प्रणाालीबाट लाइसेन्सका लागि आवेदन बुझाएपछि प्राप्त हुने मितिमा निवेदन रुजु तथा बायोमेट्रिक विवरणका लागि आवेदक तोकिएको कार्यालय जानुपर्छ । सो प्रक्रिया पूरा भएपछि लिखित र ट्रायल परीक्षा हुँदै आएको छ।
Facebook Comments Box