काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग मतान्तर बढाएका हुन्।
हाल सम्म प्रधानमन्त्री देउवाले १४,७९६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ७,६८७ मत प्राप्त गरेका छन् ।
देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले भने ४,३३३ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द खडायतले ४७३ कत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार कर्ण सिंह रावल २५५ मत र अर्का स्वतन्त्र उम्मेद्वार बिक्रम बहादुर शाही २२५ कत प्रप्त गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका उम्मेद्वार श्याम सिनालले ९५ र स्वतन्त्र उम्मेद्वार लाल बहादुर कठायत ४८ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box