कञ्चन्पुर – जिल्लाको प्रतिनिभि सभा क्षेत्र न १ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार तारा लामा तामाङले ५४१७ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेद्वार लामाले ५ हजार मत कटाउदा गठबन्धन उम्मेद्वार बिना मगरले २,९९८ मत प्राप्त गरेकी छिन् भने उनी एमालेसँग २४१९ मतले पछि परेकी छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दिल्ली वहादुर शाहीले ४८८ कमत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार नन्द कुमार रानाले ३३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार देब राज जोशीले ३२९, स्वतन्त्र उम्मेद्वार जगत वहादुर सायरले ३२९ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार रामकिसन रानाले २४ स्वतन्त्र उम्मेद्वार खेम सुवेदीले २४, नेपाल मजदुर किसान पार्टीकी उम्मेद्वार नन्दा देवी जोशी १०, र स्वतन्त्रबाट उठेकी हरिना देवी भट्ट १ मत मात्र प्राप्त गरेकी छिन् ।