धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि परेका छन्।
चौधरीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन्।
कुल १५ हजार २३५ मत गणना सकिंदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन्। चौधरीले चार हजार ५५३ मत ल्याएका छन्।
नेकपा एमालेका झपटबहादुर रावलले चार हजार दुई मत प्राप्त गरेका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।
Facebook Comments Box