कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मत परिणाममा अग्रता कायमै राखेका छन् ।
उनले हालसम्म १८,४५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १५,१४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार झंकर राज जोशीले ३,०४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक बहादुर सिहले २,१०० मत,हाम्रो नेपाली पार्टीका उम्मेद्वार जगदिश अवस्थिले ४०४, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार लोक राज भट्टले १६८ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box