कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङले अग्रता कायमै राखेका छन् । उनले हालसम्म १२,५९५ मत प्राप्त गरका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ८,९५७ मत ल्याएकी छिन्। बिना लामा भन्दा ३,६३८ मतले पछि छिन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दिल्ली वहादुर शाहीले १३९४ कमत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार नन्द कुमार रानाले १२८९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार देब राज जोशीले ८५२, स्वतन्त्र उम्मेद्वार जगत वहादुर सायरले ६२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार रामकिसन रानाले ७६, स्वतन्त्र उम्मेद्वार खेम सुवेदीले १७०, नेपाल मजदुर किसान पार्टीकी उम्मेद्वार नन्दा देवी जोशी २०, र स्वतन्त्रबाट उठेकी हरिना देवी भट्ट ११ मत मात्र प्राप्त गरेकी छिन् ।