काठमाण्डाै – स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा वाणिज्य बैंक-एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झाैता भएकाे छ।
सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको हाे।
गएकाे २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएकाे स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएकाे छ ।
यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत् विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्न छन् ।
ई.एम.भी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत् कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विश्वास लिइएकाे छ।