काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन्।
अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याएकी छन्। उनले नेपाली काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार एक सय ८८ मतान्तरले हराइन्। काँग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत पाएका छन्।
Facebook Comments Box