दार्चुला – दार्चुलामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।
व्यासँ गाउँपालिका–३ तुसरपानी बस्ने ५० वर्षीय डम्मर सिह डडाल भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार दिउसो घाँस दाउरा काट्दा भीरबाट खसेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
Facebook Comments Box