धनगढी – ढुंगा हानाहानपछि बन्द गरिएको दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको पुल नाका प्रहरीले खुलाएको छ।
आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहानपछि बन्द गरिएको पुल नाका प्रहरीले खुलाएको हो ।
भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्यको त्यहाँका स्थानियले विरोध गर्दै आईरहेका छन् ।
सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको थियो। विवादका क्रममा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार गरेका थिए।
प्रहरीका अनुसार अहिले दुई पक्षबीच वार्ता भइरहेको छ। वार्तापछि पुलबाट भने आवतजावत सुचारु भएको छ।
Facebook Comments Box