धनगढी – महाकाली नदीमा भारतले निर्माण गरिरहेको संरचना तत्कालको लागि रोकेको छ।
स्थानियको निरन्तर आन्दोलनपछि नदीको बाहब नेपाल तिर धकेल्ने विवादित संरचना निर्माण तत्कालको लागि रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको छ। भारतीय पक्षबाट पटकपटक महाकालीको बहाउ नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयको गुनासो छ।
भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सोमबार त्यसबारे छलफल गरेका थिए। छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘मौखिक सहमति भएको हो। विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौ। बाँकी क्षेत्रमा उहाँहरुको काम जारी छ।’