बाजुरा- बाजुरामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली काँग्रेस नै पहिलो दल भएको छ। प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत काँग्रेसको बढी मत छ।
मंगलबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको मतगणनामा नेपाली काँग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गरेपछि अन्य दल भन्दा पहिलो दल बनेको हो।
त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा ९एकीकृत समाजवादी०ले एक हजार ७२८ मत ल्याएर चौंथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
बाजुरामा प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक मतगणना सकिएको भए पनि प्रदेश तर्फको मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताए।
Facebook Comments Box