कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरू आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् ।
वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करिब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् ।
तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए ।
उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्याइएको बताउँदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।