काठमाडौं– एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ ।
बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।
यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।
Facebook Comments Box