दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले इजाजत बिना विभिन्न पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण भइरहेको हुँदा त्यस्तो कार्य बन्द गर्न आग्रह गरेको छ । कसैले सूचनाको अवज्ञा गरी अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।
इजाजत बिना पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण हुनु गैरकानुनी कार्य भएको र यसले दुर्घटना जोखिम समेत हुने भएकाले त्यस्तो कार्य नगर्न सूचना मार्फत आग्रह गरिएको छ ।
Facebook Comments Box