भारत – अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ। यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । केही मिडिया रिपोर्टका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो।
भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन्। लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिएका थिए भने धेरै घाइते भएका थिए।
द ट्रिब्यून पत्रिकाले यस क्षेत्रमा यसअघि पनि भारत र चीनका सैनिक आमनेसामने हुँदै आएको समाचार प्रकाशित गरेको छ। तर, यस विषयमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। –बीबीसी
Facebook Comments Box