दार्चुला – कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कार २०७९ लिम्पियाधुरा राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपुर्ण पोष्ट दैनिक दार्चुलाका सम्बाददाता तथानेपाल पत्रकार महासंघ दार्चुलाशाखाका सचिब सुन्दर सिह धामीलाई प्रदान गरिएको छ ।
मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सृजनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर वितरण गर्ने गरेको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिए ।
सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताए । दार्चुलाको पत्रकारीतामा लागेको छोटो समयमै पत्रकार धामीले सिर्जनसिल पत्रकारीता पुरस्कारद्धारा सम्मानित भएका छन् ।
पत्रकारीता क्षेत्रमा लागेको लामो अवधि नभएको पत्रकार धामीले बताए ।उचित मुल्याङ्कन गरि यस बर्षको कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर प्रदान गरेकोमा उनले मिडिया विकास समाज नेपालका अध्यक्ष पदम वडाल, कार्यकारी निर्देशक शंकर सिह धामी लगायत सिङ्गो मिडिया विकास समाज नेपाल परिवारलाई धन्यबाद दिएका छन् ।
२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले गर्दा केही दिन संस्थाको साधारण सभा परसरेको संस्थाले जनाएको छ ।
यो पुरस्कारबाट हाल सम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामी तथा ०७७ मा विरादत्त भट्ट तथा ०७८मा लक्ष्मण सिह धामी लाई उक्त पुरस्कार प्रदान गरिएको छ । २०६८ सालदेखि हाल सम्म १२ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।