काठमाडौं – नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले २३ जना उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।
Facebook Comments Box