काठमाडौं – बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् ।
आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो ।
Facebook Comments Box