काठमार्डौँ – खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्।
प्रदेश १ सरकारका मन्त्री राईले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन्।
२०७९ माघ २३ गते दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा उनी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त भएका थिए।
मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
Facebook Comments Box