काठमाडौँ – प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले पाँच मन्त्रालयलाई पत्र काट्दै पाँच बुँदे माग राखेका छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. राउतले सप्तरीको शिक्षा, स्वास्थ्य, उद्योगसहितका क्षेत्रको विषयमा ध्यानाकर्षण गराएका हुन्।
डा.राउतले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक र साल्ट ट्रेङिड कर्पोरेसन लिमिटेडका प्रबन्ध सञ्चालकलाई पत्र पठाएका छन्।
Facebook Comments Box