काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।
पत्रको पूर्णपाठ:
श्री सभापति ज्यु
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति,
सानेपा ललितपुर ।
विषय : स्पष्ट गरिदिनु हुन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आफ्नो १२ श्री महाधिवेशनको प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउदै नेपाल विद्यार्थी संघको १२ औ महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने सन्दर्भमा आवश्यक जिल्ला अधिवेशन सम्पन्न गर्नको निमित्त संघको विधान २०२७ को साताैँ संशोधन २०७३ को धारा ३१ बमोजिम विविध कारणवश रिक्त रहेको स्थानमा ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी सम्बन्धित् जिल्ला कार्यसमितिको सिफारिस र समन्यवनमा नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा निम्नानुसार विषयहरू स्पष्ट पारिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
१. रिक्त स्थानको पूर्तिको सन्दर्भमा ३२ वर्षको उमेर हदबन्दी आकर्षित हुँदा वर्तमान समय या केन्द्रीय अध्यक्षको जिम्मेवारी प्राप्त गरेको मितिलाई आधार मान्ने बारे ।
२. नेपाल विद्यार्थी संघको प्रदेश, जिल्ला, क्षेत्र विश्वविद्यालय, क्याम्पस, पालिका लगायतका संरचनामा स्थानीय तहका जनप्रतिनिधि समेत रहेका विद्यार्थी नेताहरुको चयन र उम्मेदवारी बारे ।
नोट : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयलाई मिति २०७२/०८/२८ गते प्राप्त नेपाली कांग्रेस, सोलुबुम्बु जिल्लाको पत्र अनुसार मिति २०७२/०८/२८ गते सोलुखुम्बु जिल्ला ने.वि संघको अध्यक्षको जिम्मेवारी श्री नविन बस्नेत ज्यु लाई दिएको र उहाँ र दुधकोशी गाउँपालिका वडा नं. २ को निर्वाचित वडा सदस्य ( जनप्रतिनिधी) रहेको मिति २०७२/०९/०७ गते दर्ता नम्बर १२२ /०७९ लिखित उजुरीको आधारमा बजेका मिति बाट यो विषय नेपाली कांग्रेस पार्टीले आधिकारीक जानकारी नआउन्जेलसम्म अध्यक्ष पदको काम कारवाही नगर्न/नगराउन निर्देशन सहित अनुरोध गर्दछु ।
अध्यक्ष
दुजाङ शेर्पा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति