धनगढी – कैलालीको धनगढीबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट नेपाली एक हजार दरका चार थान नक्कली नोटसहित चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउद शनिबार पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई नक्कली नोट सहित फेला पारेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box