दार्चुला – दार्चुलाको महाकाली नगपालिका वडा नं ४ बंगाबरस्थित एक किराना पसलबाट प्रहरीले चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ ।
मंगलबार बेलुकी करिब ७ बजेतिर बंगाबरस्थित महादेब किराना पसलबाट ३ किलो ८सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द प्रसाद भण्डारीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा खटिएको टोलीले ३ किलो ८सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको उनले बताए। चरेस जस्तो देखिने कालो पदार्थ बरामद संगै प्रहरीले किराना पसलका संञ्चालक विर सिह लोथ्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box