काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आज बुधवार बेलुकी बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको कामना पनि गरेका छन् ।
उनले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।
Facebook Comments Box