काठमाडौं – लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरुले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा प्रदेशसभाका नव निर्वाचित सांसदहरुलाई शपथ गराएका हुन् ।
८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।
Facebook Comments Box