सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिकामा रहेको श्री सरस्वती प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर १० केवडीको श्री सरस्वती प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो भएकाे छ। भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् भने विद्यार्थीको अवस्था समेत नाजुक छ । २०४५ सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन् ।
कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा सुरुवाती चरणमा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा भौतिक संरचना जीर्ण भएका कारण विद्यार्थीको संख्या पनि निकै कम रहेकाे छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु जीर्ण भवन मै अध्ययन गर्न बाध्य छन् । विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक झलक बहादुर घर्तीमगरले बताए ।
उहाँका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाई भएपनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ५०/६० जना मात्र विद्यार्थी रहेको बताए । स्थानीय सरकारसँग पहल गर्दा विद्यालयको भौतिक संरचना निर्माण गर्न सकारात्मक देखिएको बताउनु भयो। निरन्तर विद्यालयको रेखदेखक र आवश्यक पहल गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने रोजगारी गर्न भारत गएका छन् । गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै रहेकाे छ ।