धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने गरि सरकारमा जाने तयारी गरेको छ । आफनो माग र मुद्दालाई अघि सारि केन्द्रमा सरकारको समर्थन गरेपनि प्रदेशमा अनिर्णित उन्मुक्तिलाई फकाएर प्रदेश सरकारमा जाने प्रयासमा काँग्रेस देखिएको हो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, नेपाली काँग्रेस प्रदेश सभापति विरबहादुर बलायर लगायतका प्रदेश सभा सदस्यहरुले डिल्लीबजार कारागारस्थित उन्मुक्तिका नेता रेशम चौधरीसंग भेटवार्ता गरेका छन् ।
‘उन्मुक्तिले कुनै पनि निर्णय दिन सकेको छैन । सो पार्टी बिना प्रदेश सरकार बन्ने सम्भावना छैन्’ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले भने ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिएर काँग्रेस सरकारमा जान तयार रहेको छ ।’
उनले मंगलबार सम्म कुन दलको सरकार बन्ने भन्ने बारे टुङ्गो लागि सक्ने बताए ।