अत्तरिया – हुस्सु र सितलहर बढेसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालयहरु ४ दिन बन्द गरिने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पौष २६ देखि २९ सम्म विदा दिने जनाएको हो ।
नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक शत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो विदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।
सूचनामा विदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त कृयाकलाप संचालन गर्न सकिने उल्लेख छ ।
Facebook Comments Box