काठमाडौँ – रोल्पा पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुन भएपछि हेलिकोप्टर मार्फत आएर ललितपुरको सुमेरु हस्पिटलमा उपचार सुरु गरेका छन् ।
जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रूपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टु सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए ।
गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।
Facebook Comments Box