जुम्ला – जुम्लाको तातोपानी गाँउपालिका-६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।
पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ ।’
त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको बताए । उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा बितरण गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको न्यानो कपडा अति आवश्यक रहेको बताए ।