काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारका साथै सभामुख चयनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए ।
विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा सक्रियता देखाएका प्रचण्डले सम्भवतः सोमबार नयाँ मन्त्री थप्ने बताइएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषषदमा १८ मन्त्रालयले मन्त्री पाउन बाँकी छ ।
प्रचण्डले यसअघि गरेको मन्त्रिपरिषद् गठनका क्रममा ७ जना मन्त्री भएका थिए । जसमा तीन जनाले उपप्रधानमन्त्री र मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् भने ४ जना विना विभागीय छन् ।
Facebook Comments Box