काठमाडौं – पोखरामा भएको विमान दुर्घटनाप्रति भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेुसबुक मार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा पशुपतिनाथले धैर्य धारणको शक्ति प्रदान गरन् भन्ने प्राथना समेत गरेका छन् ।
काठमाडौंबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । ६८ जनाकै मृत्यु भएको पनि पुष्टि भईसको छ ।
Facebook Comments Box