काठमाडौँ – पोखरा घुम्न आएका हरि परियारको परिवारले नै जहाज दुर्घटनामा ज्यान गुमाएको छ ।
काठमाडौँ स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृश परियारले आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् ।
उनको परिवार विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । बिदा मनाउन काठमाडौँ आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए ।
Facebook Comments Box