धनगढी – सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता रहेको छ। यसअघि दुई पटकसम्म बहुमत पुराउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता आइलागेको हो।
यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन्। यस अघि २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ। सोही कारण आज पनि प्रदेश सभामा सर्वदलीय बैठक बोलाइएको थियो। बैठक अहिले पनि जारी छ।
Facebook Comments Box